ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जाजरकोटमा सिटिजन्सको शाखारहित बैंकिङ सेवा

२०७७ पौष, २७  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोटको नलगाड नगरपालिका कालीमाटी बजारमा पुस २४ गतेबाट शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।

बैंकले कालीमाटी बजारमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी अमरबहादुर बोहरालाई व्यावसायिक प्रतिनिधि नियुक्त गरेको छ ।  यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानीलगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराइनेछ । बैंकले हाल १ सय ९ वटा शाखा, १ सय ७ शाखारहित बैंकिङ, ९८ वटा एटीएमबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्