ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विशेष क्यामेराजडित ट्राफिक ‘सर्भिलेन्स भेइकल’ परिचालन

२०७७ पौष, २७  
विविध
Image Not Found

काठमाडौं (अस) । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीको अनुपस्थितिमा हुने ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनलाई निगरानी गरी कारबाही र सचेतनाका लागि आइतवारदेखि ‘ट्राफिक सर्भिलेन्स भेइकल’ परिचालन गरेको छ ।

उपत्यकाका व्यस्त सडकमा हुने सवारी चाप व्यवस्थापन गर्न र फराकिला सडकमा हुने तीव्रगति नियन्त्रण गर्न उपयोगी हुनेगरी महाशाखाले ट्राफिक सर्भिलेन्स भेइकल परिचालन गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले माइक्रोबस आकारको सर्भिलेन्स भ्यानको छतमा जडित सीसीटीभी क्यामेराले करीब २०० मिटरसम्मको दृश्य कैद गर्न सक्ने जानकारी दिए ।

पिकआवरमा सवारी चाप (जाम) हुने क्षेत्र र धेरै मात्रामा ट्राफिक नियम उल्लंघन हुने क्षेत्रमा भ्यानले बढी निगरानी गर्ने भट्टराईले बताए । भ्यानमा खटिने ५ जना ट्राफिक प्रहरीले दैनिक सवारी आवागमनको नियमन गर्नेछन् । भ्यानमा जडित प्रविधिले ट्राफिक व्यवस्थापन, आम चालकलाई प्रमाण सहित कारबाही र सचेतना वृद्धिमा सहयोगी हुने अपेक्षा रहेको महाशाखाले बताएको छ ।

उक्त कार्यक्रममा ट्राफिक कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा नपरी घुस फिर्ता गर्ने १८ जना ट्राफिक प्रहरीलाई एसएसपी भट्टराईले पुरस्कृत र सम्मान गरेका थिए । ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकलाई नियमानुसार कारबाही गर्ने क्रममा घुस दिई ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेकाले पक्राउ गरी कारबाहीको दायरामा ल्याउने ट्राफिक प्रहरी कर्मचारीलाई सम्मान गरिएको प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्