ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पल्सर स्पोर्ट्स अवार्ड चार वटा टेलिभिजनमा प्रत्यक्ष प्रसारण हुने

२०७७ पौष, २७  
बजार
NA

काठमाडौं, (अस) । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को सम्पूर्ण तयारी पूरा भएको छ ।

कोरोना महामारीको जोखिमका कारण निर्धारित समयभन्दा ढिला हुन लागेको अवार्डको १७ औं संस्करण भर्चुअल स्वरूपमा हुन लागेको हो ।

कार्यक्रममा विभिन्न विधामा मनोनयनमा पर्ने खेलाडी, खेलकर्मी, पुरस्कार प्रदान गर्ने अतिथि र आयोजक मञ्चका सदस्यको उपस्थिति मात्र रहनेछ ।

कार्यक्रम नेपालका प्रमुख टेलिभिजन च्यानल एनटीभी प्लस एचडी, एक्सन स्पोर्ट्स एचडी, इमेज च्यानल र जनता टिभी एचडीबाट प्रत्यक्ष प्रसारण हुनेछ ।

यसका साथै एनएसजेएफको युट्युब च्यानल, मिडिया हबलगायत खेलकुदका अनलाइन च्यानलबाट पनि प्रत्यक्ष प्रसारण गरिनेछ ।

त्रिपुरेश्वरस्थिति वल्र्ड ट्रेड सेन्टरमा रहेको डिजिटल डिस्प्लेमा पनि कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिनेछ ।

अवार्ड मंगलबार पुस २८ गते ललितपुरको सातदोबाटोस्थित कराते हलमा हुनेछ । मञ्चले अवार्ड कार्यक्रम इमेजिङसँगको सहकार्यमा उत्पादन गरेको हो ।

पल्सर स्पोर्ट्स अवार्ड विभिन्न १० विधामा प्रदान हुनेछ । वर्ष २०७६ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शन र प्राप्त  उपलब्धिका आधारमा खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन् ।

पिपल्स च्वाइस विधाको मनोनयनमा पौडीकी गौरिका सिंह, करातेका मन्देकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारीको भोटिङलाइन सोमबार राी १२ बजेसम्म मात्र ई–सेवामार्फतको भोटिङ र फेसबुक लाइक अप्सन खुला रहनेछ ।

वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित केल्मी र डिसहोमबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंसराज हुलासचन्द एव्ड कम्पनी प्रालि रहेको छ । कार्यक्रमको अन्य प्रायोजकमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, ई–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद् र नेपाल ओलम्पिक कमिटी रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्