ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्षमा माणिकरत्न शाक्य

२०७७ पौष, २७  
बजार
Image Not Found

काठमाडौं, (अस) । नेपाल सुनचाँदी ब्यवसायी महासंघको शुक्रबारदेखि काठमाडौंमा सुरु भएको सातौं तथा आठाैं वार्षिक साधारणसभा एवं तेस्रो महाधिवेशन आइतबार सम्पन्न भएको छ । महाधिवेशनले महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यलाई सर्वसम्मत  अध्यक्षमा निर्वाचित गरेको छ ।

साधारणसभाले वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली, उपाध्यक्षहरूमा क्रमशः मोहनकाजी शाक्य, दियेशरत्न शाक्य र विपिन रामुदामु निर्वाचित भएका छन् ।

यस्तै, एसोसिएटस् उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मसुन्दर वज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, सचिवद्धयमा किरणभाइ वज्राचार्य र बाबुराम विश्वकर्मा निर्वाचित भएका छन् । महासंघको विधानमा ५५ सदस्यीय कार्यसमिति रहने व्यवस्था भए पनि साधारणसभाले विधान संशोधन गरी ७७ जनाको कार्यसमिति रहने व्यवस्था गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्