ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चितवनमा टोयोटा सर्भिस सेन्टर

२०७७ पौष, २७  
बजार
Image Not Found

चितवन (अस) ।  चितवनको भरतपुरमा २ करोड रुपैयाँ लगानीमा टोयोटा गाडीको आधिकारिक सर्भिस सेन्टर जेन्यून अटो वल्र्ड प्रालि सञ्चालनमा आएको छ ।

चितवनलगायत छिमेकी जिल्लाका ग्राहकलाई एकै ठाउँमा सेवा दिने उद्देश्यले उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको हो ।

भरतपुर महानगर वडा नम्बर १० स्थित बालमन्दिर रोडमा रहेको अत्याधुनिक प्रविधिसहितको सर्भिस सेन्टरको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिका जनरल म्यानेजर महेशकुमार एमले उद्घाटन गरे । सर्भिस सेन्टरमा गाडीका सम्पूर्ण पार्ट्स, क्याफे र बारबर सपसहितको सुविधा रहेको एमले बताए ।  चितवनमा यो टोयोटा सर्भिस सेन्टर दोस्रो भए पनि यो अत्याधुनिक सेवासहितको पहिलो भएको कम्पनीका निर्देशक इन्द्र रेग्मीले जानकारी दिए ।

उद्घाटन अवसरमा चार दिनसम्म ५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सर्भिस सेन्टरका निर्देशक इन्द्र रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्