पुस २७, काठमाडौं । यसअघि बोलपत्र आव्हान गरि विक्री गर्दा ३ हजार ३२० कित्ता शेयरमा आवेदन परेपछि एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वमित्वमा रहेको ४ ओटा कम्पनीको संस्थापक समूहको शेयरमा पुनः बोलपत्र पेश गर्न आव्हान गरेको छ ।
कम्पनीले ४ ओटा कम्पनीको ६ लाख २३ हजार ८८० कित्ता शेयर पुनः विक्री खुल्ला गरेको हो । यस अघि गत पुस १९ गतेदेखि पुस २४ गतेसम्म ६ लाख २७ हजार २०० कित्ता संस्थापक समूहको शेयर बोलपत्रमार्फत विक्री खुला गरेको थियो । तर, उक्त अवधिमा ३ हजार ३२० कित्ता शेयर विक्री भएपछि बैंकले पुनः आज (पुस २७ गते) देखि माघ ५ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आव्हान गरिएको हो ।
एनआईसी एशिया बैंकको स्वमित्वमा रहेको सिटिजन इन्भेष्टमेण्ट ट्रष्टको यस अघि २ लाख २ हजार ५६० कित्तामा बोलपत्र आव्हान गरिएकोमा यो कम्पनीको शेयरमा बोलपत्र निवेदन परेन् । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख ३ हजार ९७६ कित्ता शेयर विक्रीका लागि बोलपत्र आव्हान गरिएकोमा १ हजार ११० कित्ता शेयरमा बोलपत्र निवेदन परेको थियो भने बाँकी रहेको १ लाख २ हजार ८६६ कित्ता शेयर विक्रीका लागि आजदेखि बोलपत्र आव्हान गरिएको छ ।
त्यसैगरी एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यसअघि १ लाख ३० हजार २९० कित्ताका लागि बोलपत्र आव्हान गरिएकोमा सो समयमा १ हजार ५०० कित्ताको लागि मात्र बोलपत्र आवेदन परेको छ । बाँकी १ लाख २८ हजार ७९० कित्ता शेयरको लागि आजबाट बोलपत्र आवेदन पेस गर्न सकिन्छ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको यसअघि १ लाख ९० हजार ३७४ कित्ता शेयरको लागि बोलपत्र खुला गरिएको थियो । तर, उक्त कम्पनीको ७१० कित्ता शेयरको लागि मात्र आवेशन परेको थियो ।
त्यस्तै उक्त शेयरहरु खरीद गर्न इच्छुक योग्य लगानीकर्ताहरुले सिटिजन इन्भेष्टमेण्ट ट्रष्टको हकमा प्रतिकित्ता रु. १ हजार ५३०, नेशनल लाइफ इन्स्योरेन्सको हकमा प्रतिकित्ता रु. ५०८, एशियन लाइफ इन्स्योरेन्सको हकमा प्रतिकित्ता रु. ४३३ र सूर्या लाइफ इन्स्योरेन्सको हकमा प्रतिकित्ता रु. ३५० मा नघट्ने गरी प्रतिकित्ता के कति दर भाउमा कबुल गर्ने हो शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सकिने छ ।
बोलपत्र आवेदन फाराम प्राप्त गर्ने र बुझाउँने स्थानहरुः एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं र एनआईसी एशिया बैंक लिमिटेडको कर्पाेरेट कार्यालयः ट्रेड टावर थापाथली तथा शाखा कार्यालयहरुः विराटनगर–३ मोरङ्ग, आदर्शनगर बिरगंज पर्सा, महेन्द्रपुल पोखरा, श्रवनपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रचोक सुर्खेत रहेको छ ।