ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सानिमा क्यापिटलले आगामी माघ ९ गतेदेखि सानिमा म्युचुअल फण्ड निष्कासन गर्दै 

२०७७ पौष, २७  
लगानी
Image Not Found

पुस २७, काठमाडौं । सानिमा क्यापिटलले आगामी माघ ९ गतेदेखि सामूहिक लगानी कोष ‘सानिमा म्युचुअल फण्ड’को इकाई सार्वजनिक निष्कासन गर्ने भएको छ । सानिमा क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा रु. १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । यो सात वर्षे बन्दमुखी प्रकृतिको योजना रहेको छ । 

फण्डले १५ प्रतिशत इकाई कोष प्रवद्र्धक सानिमा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाइने छ ।

फण्डको इकाईमा माघ १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा माघ २६ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ । सात वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्