ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राष्ट्रिय व्यापार संघको १६ औं सभा सम्पन्न, केरुङ र तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन माग

२०७७ पौष, २७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमाडौं । राष्ट्रिय व्यापार संघको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोरोनाको जोखिमका कारण व्यापार संघका पदाधिकारी र सल्लाहकारहरुको उपस्थितिमा  आइतवार राजधानीमा साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष कमल अग्रवालले चीनतर्फको केरुङ र तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरे । सरकारी नीतिनियमहरु व्यवसायी मैत्री नभएको भन्दै उनले समयानुकुल परिमार्जन गरि व्यवसायी मैत्री गर्नुपर्नेमा जोड दिए ।

आर्थिक वर्ष २०७६/ ७७ को वार्षिक प्रतिवेदन पेश गर्दै संघका महासचिव वैकुण्ठ दहालले कारोना महामारी र लामो समय सम्मको बन्दाबन्दीका कारण साना तथा मझौला व्यवसायीहरु निकै मारमा परेको बताए । यस्तो अवस्थामा सरकारले निजी क्षेत्रको पीरमर्कालाई आत्मसाथगर्दै व्यवसायी मैत्री नीतिनियमहरु बनाउनु पर्ने उनले बताए । 

साथै उनले वाणिज्य विभागले व्यापारीहरुलाई पसलमा अनिवार्य रुपमा मूल्यसूची राख्न जारी गरेको सूचनाप्रति लक्षित गर्दै उनले मूल्यसूची राख्नका लागि विभागले व्यापारीहरुलाई प्रशिक्षित गरेर सहजिकरण गर्न आग्रह पनि गरे ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्