ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो घण्टामा २७.४६ अंकले बढ्यो नेप्से परिसूचक (१२ बजेको अपडेट)

२०७७ पौष, २७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमाडौं । सोमवार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक २७ दशमलव ४६ अंकले बढेर २ हजार २६३ दशमलव १९ विन्दुमा पुगेको छ ।   

२ हजार २६४ दशमलव २७ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव २३ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा १९० ओटा कम्पनीको ११ हजार ९५२ पटकको कारोबारमा ३१ लाख ५४ हजार ५८६ कित्ता शेयरको रू. १ अर्ब २८ करोड ६९ लाख बराबरको खरीदविक्री भएको छ ।

कारोबारको पहिलो घण्टामा आरम्भ चौतारी लघुवित्त, नारायणी विकास बैंक र कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये  उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव शून्य ६ र शून्य दशमलव ३६ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक जलविद्युत, वित्त, निर्जीवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।

यस अवधिसम्म सिद्धार्थ बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १२ करोड ८४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४७६ मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्