ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी : सोमवार ८०० ले घट्यो 

२०७७ पौष, २७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । आइतवार प्रतितोला रू. २ हजार ३०० ले ओरालो पहेँलो धातु सुनको मूल्य सोमवार रू. ८०० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतवार प्रतितोला रू. ९३ हजार रहेकोमा सोमवार प्रतितोला रू. ९२ हजार २०० पुगेको छ ।  

यस्तै, तेजाबी सुन आइतवार प्रतितोला रू. ९२ हजार ५०० रहेकामा सोमवार रू. ८०० ले घटेर रू. ९१ हजार ७०० मा कारोबार भएको छ । 

त्यस्तै चाँदी सोमवार प्रतितोला रू. एक हजार २३० मा कारोबार भएको छ । चाँदी आइतवार रू. एक हजार २७० मा खरीदविक्री भएको थियो । आइतवारको तुलनामा सोमवार चाँदी प्रतितोला रू. ४० ले घटेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्