पुस २७, काठमाडौं । सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन सोमवार रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंगलवार बुक क्लोज गर्ने भएसँगै सोमवारसम्म शेयरधनीले शेयर कायम गर्नुपर्ने भएको हो ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई यसवर्ष १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले माघ १६ गते साधारण सभा बोलाएको छ । सभा अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जानकारी गराएको छ ।