पुस २७, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटालाई नियुक्त गरेको छ । कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरी स्वतन्त्र सञ्चालकमा देवकोटालाई नियुक्त गरेको हो ।
यस अघिका स्वतन्त्र सञ्चालक गंगा प्रसाद शर्माले दिएको राजिनामा पुस २६ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको समेत कम्पनीले जानकारी गराएको छ ।