पुस २७, काठमाडौं । सोमवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १२ दशमलव ७२ अंकले बढेर २ हजार २४८ दशमलव ४४ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ५७ प्रतिशतले बढेको हो ।
दोस्रो घण्टाको अवधिमा २०० ओटा कम्पनीको रू. २ अर्ब ७१ करोड ६५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारको दोस्रो घण्टामा आरम्भ चौतारी लघुवित्त, नारायणी विकास बैंक, युनाइटेड फाइनान्स र कर्पोरेट डेभलपमेण्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार, उत्पादन तथा प्रशोधन र वित्त समूहको परिसूचके घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक जलविद्युत, निर्जीवन बीमा, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।
यस अवधिसम्म सिद्धार्थ बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १९ करोड ४८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४७६ मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा प्रभु बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ४१३ मा रू. १४ करोड १९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।