ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो घण्टामा ०.३७ अंकले घट्यो बजार, सिद्धार्थ बैंकको सर्वाधिक कारोबार (२ बजेको अपडेट)

२०७७ पौष, २७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमाडौं । सोमवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक शून्य दशमलव ३७ अंकले घटेर २ हजार २३५ दशमलव ३५ विन्दुमा पुगेको छ । 

शून्य दशमलव शून्य २ प्रतिशतले घटेको बजारमा २०६ ओटा कम्पनीको रू. ३ अर्ब ९६ करोड ६३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिसम्म सिद्धार्थ बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २७ करोड ३० लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ४७३ मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा प्रभु बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ४०७ मा रू. १९ करोड ६२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये  व्यापार, होटल्स, उत्पादन तथा प्रशोधन, अन्य र लघुवित्त, समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, अन्य, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्