ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उपभोक्ता ठग्ने ८० ओटा फार्मलाई जरीवाना        

२०७७ पौष, २७  
प्रदेश ०२
Image Not Found
फाइल फोटो

पुस २७, वीरगञ्ज । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले खरीद बिलविजक नराख्ने, गुणस्तरहीन सामान बेच्ने तथा मूल्यसुची नराखी उपभोक्ता ठग्ने ८० ओटा फार्मलाई जरिवाना गरीे  १९ लाख ८३ हजार रुपियाँ असुली गरेको छ ।     
     
 सो कार्यालयले चालू आर्थिक वर्षको यही पुस १५ गतेसम्ममा रौतहट, बारा, सर्लाही, पर्सा, मकवानपुर र चितवनमा रहेको १४० ओटा व्यापारिक फार्ममा अनुगमन गरेको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ती फार्मलाई कारवाही गरी जरीवाना असुल गरेको कार्यालयका सूचना अधिकारी दिलीपखंग खत्वेले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्