ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हिमालयन बैंकको साधारण सभाले पारित गर्‍यो २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

२०७७ पौष, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमाडौं । हिमालयन बैंकले २८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

सोमवार सम्पन्न वार्षिक साधारण सभाले १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  

साधारण सभा कोरोना महामारी कारण भर्चुअल माध्यमबाट सम्पन्न गरेको कम्पनीले जानकारी दिएको छ । साथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । हाल बैंकको चुक्तापूँजी रू. ९ अर्ब ३७ करोड २२ लाख रहेको छ । 

१४ प्रतिशत बोनस शेयर वितरणपछि पूँजी रू. १० अर्ब ६८ करोडभन्दा बढी पुग्नेछ । हालसम्ममा बैंकले ७० ओटा शाखा कार्यालय र १४६ एटिएमहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । चालू आवको पहिलो त्रैमासमा कम्पनीले रू. ३६ करोड ५९ लाख नाफा कमाएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्