ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चन्द्रागिरी हिल्सको आईपीओमा १५ गुणाभन्दा बढी आवेदन

२०७७ पौष, २७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २७, काठमाडौं । गत शुक्रवारदेखि विक्रीमा आएको चन्द्रागिरी हिल्सको आईपीओमा सोमवारसम्म १५ गुणाभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार सोमवार साढे ५ बजेसम्म २ करोड १४ लाख १३ हजार १५० कित्ता शेयरका लागि माग भएको हो ।

कम्पनीको शेयरमा १० लाख ८५  हजार ६९ ओटा आवेदनबाट २ करोड १४ लाख १३ हजार १५० कित्ता अर्थात रू. २ अर्ब १४ करोड १३ लाख १५ हजार बराबरको आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्कासन गरेको १३ लाख ९६ हजार कित्ताको १५ दशमलव शून्य ८ गुणा बढी हो ।

कम्पनीले सार्वजनिक निष्कासनमा सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता शेयर विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आईपीओमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि विक्री खुला गरेको हो । यस आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्मका आवेदन माग गर्न सकिने व्यवस्था छ ।

आईपीओ विक्रीको छिटो अवधि पुस २८ र ढिलो माघ ९ गतेसम्म तोकिएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द हुनेछ । 

कम्पनीको यो आईपीओलाई इक्रा नेपालले मध्यम स्तरको जोखिमको संकेत गर्ने ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्