पुस २७, काठमाडौं । सिभिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ८ दशमलव ४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको आज (सोमवार) बसेको सञ्चालक समितिको ३२५औं बैठकले ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव ४२ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।
प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब ३३ लाख ८९ हजार ६७३ दशमलव ८८ रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले उक्त लाभांश वितरण गर्न लागेको हो ।