ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२४ घन्टामा क्रिप्टो बजारले गुमायो १ खर्ब ७० अर्ब डलर 

२०७७ पौष, २७  
अन्तरराष्ट्रिय
Image Not Found

पुस २७, सिंगापुर । सोमवार बिट्क्वाइन र अन्य भर्चुअल मुद्राको भाउमा आएको कमीका कारण क्रिप्टो बजारले करीब १ खर्ब ७० अर्ब डलर गुमाएको छ । 

क्वाइमार्केट क्यापका अनुसार सिंगापुरमा दिउँसो १२:१० बजे क्रिप्टोबजारको पूँजीकरण ९ खर्ब ५९ अर्ब ५३ करोड डलर थियो यो अघिल्लो दिनको तुलनामा १ खर्ब ७० अर्ब डलर कम हो । आइतवार समग्र क्रिप्टो करेन्सीको बजार पूँजीकरण ११ खर्ब डलर थियो । 

उक्त दिन सबैभन्दा धेरै गुमाउने मुद्रा बिट्क्वाइन बनेको छ । अघिल्लो दिनको तुलनामा सो अवधिमा सबैभन्दा महँगो भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ प्रतिगोट ३५ हजार ८२८ डलर शून्य ६ सेन्टमा आएको थियो । 

दोस्रो ठूलो मुद्रा इथरको भाउ पनि १५ प्रतिशतले घटी प्रतिगोटा १ हजार १२६ डलर ७२ सेन्टमा सीमित भयो । हालैका दिनमा भर्चुअल मुद्राको भाउमा उच्च वृद्धि भएको थियो । सो वृद्धिसँगै केही लगानीकर्ताहरुले नाफा कमाउन क्रिप्टोकरेन्सी बेच्न थालेपछि बजारमा सेल अफ देखिएको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्