ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ट्रम्पको प्रतिबन्धविरुद्ध लड्न चीनले ल्यायो नयाँ कानून

२०७७ पौष, २७  
अन्तरराष्ट्रिय
Image Not Found

पुस २७, पेचिङ (चीन) । अमेरिकाले एक पछि अर्को गर्दै चिनियाँ कम्पनीहरुमाथि लगाएको प्रतिबन्ध विरुद्ध लड्न चीनले नयँ कानून ल्याएको छ । कानूनले अनुचित विदेशी कानूनबाट चिनियाँ कम्पनीहरुलाई सुरक्षा गर्न सप्ताहन्तमा यो कानून ल्याइएको हो । 

यसले यस्ता प्रतिबन्धको अनुपालना गर्ने कम्पनीहरुलाई सजाय दिने अनुमति चिनियाँ अदालतहरुलाई दिनेछ । विदेशी कानूनको अनुचितपूर्ण बाह्य अनुप्रयोगको प्रतिकार गर्न नयाँ कानून ल्याइएको एक विज्ञप्तिमा शनिवार चीनको वाणिज्य मन्त्रालयले बताएको छ । यसमा विदेशी कानून पालना गर्दा हानी हुने कानूनी व्यक्तिहरुले कानूनको साहारा लिएर अदालतमा मुद्दा हाल्ने र क्षतिपूर्ति दाबी गर्न सक्ने बताइएको छ । 

सरकारले अन्य उपायहरु पनि अपनाउन सक्ने बताइएको छ । यी उपायहरु तत्कालै कार्यान्वयनमा आएका छन् । यसमा सिधैं अमेरिकाको नाम उल्लेख गरिएको छैन । तर चीनले लामो समयदेखि अमेरिकी प्रतिबन्ध र व्यापारमा अवरोध बारे गुनासो गर्दै आएको छ । नयाँ कानूनको कार्यान्वयन कसरी हुन्छ भन्ने चाँहि अस्पष्ट रहेको कानूनी विज्ञहरु बताउँछन् । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रिय सुरक्षामा खतराको रुपमा रहेको भन्दै चिनियाँ कम्पनीहरुमाथि निरन्तर निशाना साँधिरहेका छन् । सेनासँग सम्बन्ध रहेको आरोपमा न्यूयोर्क स्टक एक्सचेञ्ज (एनवाईएसई)मा सूचिकृत तीन ठूला चिनियाँ कम्पनीहरु डिलिष्ट हुने क्रममा छन् । 

नोभेम्बरमा ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशका आधारमा एनवाईसीले चाइना मोबाइल, चाइना टेलिकम र चाइना यूनिकम हङकङलाई हटाउन लागेको हो ।

यस अघि पनि अमेरिकाले शर्ट भिडियो शेयरिङ एप टिकटक, चिप निर्माता सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्पोरेशन (एसएमआईसी)माथि प्रतिबन्ध लगाइसकेको छ । गत हप्ता ट्रम्पले भुक्तानी माध्यम अलिपे, विच्याट पे समेत ८ चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका थिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्