ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

क्यूआर कोडमा आधारित भुक्तानी

लोकप्रिय बन्ने आधार

२०७७ पौष, २८  
लेख | दृष्टिकोण
Image Not Found

सन् १९९४ तिर जापानको अटोमोबाइल सम्बन्धी सामग्री उत्पादन गर्ने कम्पनी ‘डेन्सो’अन्तर्गतको बार कोड रिडर, रोबोट तथा इलेक्ट्रोनिक सिस्टम उत्पादन गर्ने सहायक कम्पनि ‘डेन्सो वेब’का इन्चार्ज मसाहिरो हारालाई बार कोडमा अभ्यस्त भएका तर यसको सीमित क्षमताले आजित कम्पनीहरूले विस्तारित क्षमताको विकासका लागि गुहारेपश्चात् उनीसहित २ जना प्राविधिकको प्रयासबाट आधुनिक क्यूआर (क्विक रेस्पन्स) कोडको विकास भएको पाइन्छ । १९६० को दशकको तीव्र आर्थिक विकासका चरणमा जापानी सुपरमार्केटहरूमा सामानहरूको विवरण राख्न बार कोडको प्रयोग व्यापक हुँदाहुँदै पनि २० ओटासम्म मात्र अंक र अक्षर भण्डारण गर्नसक्ने सीमित क्षमताले गर्दा पूरा विवरण राख्न सम्भव भएन । त्यसैले बार कोड प्रणालीले भावी आवश्यकता परिपूर्ण गर्ने सम्भावना देखिएन । अनि लम्बाइ र चौडाइ दुवै डाइमेन्सनमा विवरण राखी अंक, अक्षरका साथै चिनियाँ तथा जापानीजस्ता सांकेतिक वर्ण हुने भाषा लिपिलाई समेत समाविष्ट गर्ने प्रचुर क्षमताको क्यूआर कोड विकास भएको हो । स्टोरमा समानको लगत राख्ने, हस्पिटल तथा सेवाग्राहीहरूको चाप हुने कार्यालयहरूमा फारम, बिल इत्यादिमा पहिचानका लागि लोकप्रिय बार कोडको २० ओटा अंक र अक्षर भण्डार क्षमताले गर्दा एकै सामानमा समेत दुईओटा वा सो भन्दा धेरैओटा टाँसेर गणना गर्नुपर्ने कठिनाइ अन्त्य गर्न क्यूआर कोडको आविष्कारलाई थप उत्प्रेरित गर्‍यो ।

बार कोड तथा यसको विकसित प्रतिद्वन्द्वी क्यूआर कोड मेशिनले पढ्न सक्ने गरी तयार गरिएको चित्र हो, जसले सम्बद्ध सामानका बारेमा जानकारी प्राप्त गर्न सहायता प्रदान गर्ने गर्छ ।

इतिहास
बार कोड तथा यसको विकसित प्रतिद्वन्द्वी क्यूआर कोड मेशिनले पढ्न सक्ने गरी तयार गरिएको चित्र हो, जसले सम्बद्ध सामानको बारेमा जानकारी प्राप्त गर्न सहायता प्रदान गर्ने गर्छ । बार कोडमा सामानको लगत राख्न क्रम संख्या वा कोड मात्र भण्डार गर्न सम्भव भए तापनि क्यूआर कोडमा ७००० अंक र अक्षरभन्दा धेरैको विवरण राख्न सकिन्छ । हाल क्यूआर कोडको प्रयोग वेब लिंकहरू शेयर गर्ने, मोबाइल एपहरूको डाउनलोड लिंक उपलब्ध गराउने, डिजिटल मार्केटिङका साथै मोबाइलमा वाइफाईको पासवर्ड शेयर गर्नका लागि लोकप्रिय भइरहेको छ । क्यूआर कोडमा अंक, अक्षर तथा संकेतहरू समेत राख्न मिल्ने भएकाले कुनै पनि कन्भेन्सन अवलम्बन गरी व्यक्तिगत सम्पर्क विवरण, अटोमेटिक इमेल र एसएमएस कम्पोज गर्न, सामाजिक सञ्जालको सम्पर्क लिंक इत्यादि राखी शेयर गर्न सकिन्छ । हामीले दैनिक रूपमा प्रयोग गर्ने उपभोग्य सामग्रीको बट्टामा समेत क्यूआर कोड राखी सो सामानका बारेमा यथासक्य धेरै विवरण दिन शुरू भइसकेको छ । क्यूआर कोडमा भएको विवरण पढ्न क्यूआर स्क्यानरको प्रयोग सपिङ मलहरूमा प्रचलित भए तापनि यसलाई थप लोकप्रिय बनाउने श्रेय स्मार्ट फोनमा रहेको क्यामरा एपमा थपिएको क्यूआर स्क्यान प्रणालीलाई जान्छ ।

प्रवृत्ति
हालैका दिनमा विद्युतीय भुक्तानीका लागि क्यूआर कोडको प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको छ । विश्वमै पहिलोपटक सन् २०११ मा चिनियाँ कम्पनी अलिपेले डिजाइन गरेको क्यूआर कोड स्क्यान गरी गरिने भुक्तानी सुविधा २०१४ सम्म आइपुग्दा विच्याटमा समेत उपलब्ध भएको थियो । सन् २०१८ मा प्रकाशित तथ्यांक अनुसार चीनमा हुने ८३ प्रतिशतभन्दा बढी भुक्तानी कारोबार यसै प्रविधिमार्पmत हुन्छ । नेपाली बजारमा क्यूआर कोडको प्रारम्भिक शुरुआत सन् २०१२ तिरै भएको भए तापनि भुक्तानी स्वीकार गर्ने पर्याप्त पसल (मर्चेन्ट) हरू उपलब्ध नहुनाका साथै भरपर्दो मोबाइल इन्टरनेट सुविधा नहुनाका कारण त्यति विस्तार हुन सकेन । सन् २०१७ तिर द्रुुतगतिको इन्टरनेट सेवा विस्तार र युवा वर्गको सहभागिताले गर्दा यसलाई बजारमा पुनः प्रवेश गर्न सहयोग ग¥यो । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकअनुसार २०७७ कात्तिक महीनाको अवधिमा क्यूआरमा आधारित २ लाख ४१ हजारभन्दा बढी कारोबारमार्पmत करीब ९३ करोड ९० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ ।

स्ट्यान्डर्ड र अन्तरआबद्धता
विद्युतीय भुक्तानी गर्दा आवश्यक पर्ने विवरणमा केवल रकम प्राप्त गर्नेको वालेट वा बैंकको नाम, खाता नम्बर (खातावालाको नाम) र तिर्नुपर्ने रकम मात्र हो । सो विवरण भुक्तानीकर्ताले आफ्नो मोबाइलमा रहेको (वालेट वा मोबाइल बैंकिङ) एपमा स्वयम् भर्न पनि सक्छन् वा सो विवरण स्वतः प्रविष्ट गर्नसक्ने जुनै पनि प्रविधिको प्रयोग गर्नसक्छ । क्यूआरको लोकप्रियता यसै कारण चुलियो जब चित्रमा लुकेको सो विवरणलाई मोबाइलको क्यामेरामार्फत अध्ययन (र उल्था) गरी भुक्तानी एपले स्वतः प्राप्त गरी भुक्तानी कारोबार अगाडि बढाउन सम्भव भयो । भुक्तानीसम्बन्धी सेवा उपलब्ध गराउने कम्पनीहरूले क्यूआर कोड जारी गर्दा माथि उल्लिखित विवरणहरू कुनकुन क्रममा राख्ने यकिन नभएको हुनाले एक सेवाप्रदायकले जारी गरेको कोड अर्को सेवाप्रदायकको एपले पढ्न कठिनाइ भयो । फलतः भुक्तानी पाउने व्यक्तिले प्रयोग गर्ने सेवाप्रदायककै मोबाइल एप प्रयोग गर्नुपर्ने बाध्यता भुक्तानीकर्तालाई भयो । यसको समाधान जुनसुकै सेवाप्रदायकले क्यूआर कोड जारी गरे तापनि उल्लिखित विवरण एकै क्रममा राखी क्यूआर कोड जारी गर्नु हो । विश्वभर विद्युतीय भुक्तानी कार्ड प्रविधिमा प्रभुत्व जमाएका युरोपे, मास्टर कार्ड, भिसालगायत कार्ड कम्पनीहरूद्वारा संस्थापित ‘ईएमभीको’ संघले भुक्तानी कार्डका लागि प्रविधि तथा स्ट्यान्डर्ड विकास गरी एकरूपता कायम गरेजस्तै भुक्तानीका लागि प्रयोग हुने क्यूआर कोडमा सम्प्रेषण हुने विवरणको क्रम तोकी अन्तरआबद्धतालाई टेवा पु¥याएको छ । यस स्ट्यान्डर्डको अवलम्बन गरी जारी गरीएका क्यूआर कोडको विवरण सोही स्ट्यान्डर्ड अवलम्बन गर्ने अर्को सेवाप्रदायकको एपले पढी भुक्तानी कारोबार सम्पन्न गर्न सम्भव भएको छ ।

लोकप्रियता
क्यूआर कोडमा आधारित भुक्तानी लोकप्रिय हुनुका विभिन्न कारणमध्ये विद्युतीय कारोबारप्रति सर्वसाधारणमा बढेको चासो, यसको प्रयोगले वातावरण प्रवद्र्धनमा पु¥याउने टेवाका साथै भुक्तानी कार्यमा हुने सहजता प्रमुख रहेका छन् । कतिपय बिलिङ प्रणालीले खरीद भएका समानको आधारमा तिर्नुपर्ने रकमसमेत उल्लेख गरी डाइनामिक प्रकृतिको क्यूआर कोड तयार गर्ने हुँदा रकम समेत अटोमेटिक रूपमा एपले प्राप्त गरी सरल र सुरक्षित रूपमा भुक्तानी गर्नसकिन्छ । क्यूआर कोडलाई प्रिन्ट गरेर पसलमा राख्ने, वेबसाइटमा राख्ने वा इमेलमार्फत प्रेषण गरी भुक्तानी गराउन सकिने हुँदा प्रणालीगत जडान शुल्क नगण्य हुन्छ । यसका अलावा भुक्तानीका लागि ग्राहकले अलग्गै कार्ड बोक्नुपर्ने र पसलमा निरन्तर इन्टरनेट उपलब्धतासहितको पस मेशिन राख्नुपर्ने झन्झटबाट समेत उन्मुक्ति दिन्छ । यस प्रविधिमार्पmत कारोबार गर्दाका सम्पूर्ण विवरणहरू सुरक्षित रूपमा टोकनाइज गरी प्रसार गर्न सकिने सुविधाका कारण भुक्तानी कार्डमा अधीनस्थ क्लोनिङ पिन तथा व्यक्तिगत विवरण चोरीलगायत सुरक्षा चुनौतीबाट समेत क्यूआर कोडमा आधारित भुक्तानी सुरक्षित छ । विद्युतीय माध्यममार्फत हुने भुक्तानीमा प्रयोगकर्ताको भौगोलिक विवरण, जनसांख्यिकीय विवरणसमेत समावेश गर्न सम्भव हुने हुनाले निश्चित वर्ग लक्षित गरी व्यापार प्रवद्र्धन गर्नसमेत उपयोगी भएको छ । संक्रामक रोगले आक्रान्त हालको विषम परिस्थितिमा मानव सम्पर्करहित भुक्तानीको माध्यमका रूपमा पनि क्यूआर प्रणालीको विस्तार भएको छ । प्रिन्ट गरिएको क्यूआर कोडमा कुनै कारणबस केरमेट भएर वा च्यातिएर केही खण्ड स्पष्ट नहुँदा पनि यसमा रहेको ३०% सम्मका त्रुटि सुधार क्षमताले गर्दा विवरण पुनरुत्पादन गरी भुक्तानी कार्य सम्पन्न गर्न सकिन्छ । यही विशेषताका कारण विभिन्न सामाजिक सञ्जाल तथा उत्पादनहरूले आप्mनो ब्रान्डको विज्ञापन प्रवद्र्धन गर्न सकेका छन् ।

क्यूआर कोड प्रयोगमा रहेको सहजता, सुरक्षा र न्यून जडान खर्चका कारण व्यवसायी, ग्राहकका साथै नियामक निकायको समेत पहिलो रोजाइ हुने निश्चित छ । क्यूआर कोडमा आधारित भुक्तानी प्रविधिको सर्वसुलभता सुनिश्चित गरी नीतिगत निर्णयमार्फत प्रोत्साहन उपलब्ध गराउनसके यसले विद्युतीय भुक्तानी प्रवद्र्धनमा ठूलो योगदान गर्नेमा ढुक्क हुनसकिन्छ ।

लेखक नेपाल राष्ट्र बैंकमा आबद्ध छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्