ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मकवानपुरगढीमा नयाँ पर्यटकीय गन्तव्य बन्दै

२०७७ पौष, २८  
वाग्मती प्रदेश
NA

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ बूढीचौरमा रू. २ करोड ५० लाख लगानीमा नयाँ पर्यटन गन्तव्यका लागि पूर्वाधार निर्माण भइरहेको छ । बागमती प्रदेश सरकार तथा मकवानपुर गाउँपालिकाको संयुक्त लगानीमा काम अघि बढाइएको हो ।

बागमती प्रदेश सरकार र गाउँपालिकाको लगानीमा रू. २ करोड लागतमा ऋषेश्वर गुफा तथा खुडेधार क्षेत्रमा पदमार्ग, कोसेली घर, शौचालय, बगैंचा, टिकटघर, सुरक्षाका लागि घर निर्माण भएको गाउँपालिका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए । त्यस्तै उक्त गाउँपालिकाको रू. ४० लाख लागतमा चालू आर्थिक वर्षमा ऋषेश्वर गुफाका लागि काम शुरू गर्न लागिएको उनले बताए ।

यस्तै पदमार्ग निर्माणका लागि चालू आर्थिक वर्षमा थप रू. १० लाख गाउँपालिकाले विनियोजन गरेर काम गर्ने तयारी गरेको बताइएको छ । यस क्षेत्रमा मूर्तिहरू निमाण गर्नेलगायत कामका साथै बन्जीजम्प निर्माणको तयारी पनि गरिएको छ ।

गाउँपालिकाको सो क्षेत्रमा पर्यटकीय गन्तव्य निर्माण गर्ने अभियान अनुसार काम शुरू भएको हो । अझै यसलाई थप व्यवस्थित बनाउने काममा लागिपरेको अध्यक्ष हुमागाईंको भनाइ छ । अहिले यहाँ घुम्न र अवलोकनका लागि आन्तरिक पर्यटक आउने गरेका छन् । नयाँ र आकर्षक गन्तव्य निर्माणमा गाउँपालिका लागेको उनले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्