ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अभियानकर्मी सम्मानित

२०७७ पौष, २८  
वाग्मती प्रदेश
Image Not Found

दोलखा (अस) । आर्थिक अभियान राष्ट्रिय दैनिकका दोलखा संवाददाता नवराज शिवाकोटी ‘गणतान्त्रिक पत्रकारिता पुरस्कार २०७७’ बाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ, दोलखा जिल्ला शाखाको सोमवार सम्पन्न नवौंं साधारणसभाको अवसरमा शिवाकोटी ५ हजार राशीको उक्त पुरस्कारबाट सम्मानित भएका हुन् ।

शिवाकोटीलाई दोलखाको समग्र पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघ, दोलखाले बताएको छ । साधारणसभाका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दिलीप थापामगरले उनलाई प्रशंसापत्र प्रदान गरेका थिए । साधारणसभा नेपाल पत्रकार महासंघ, दोलखाका अध्यक्ष जीवन लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्