ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपालमा लगानी गर्न इजरायललाई चेम्बरको आह्वान

२०७७ पौष, २८  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले इजरायललाई नेपालमा लगानी गर्न आह्वान गरेको छ । आइतवार नेपाल चेम्बर र फेडेरेशन अफ इजरायल चेम्बर अफ कमर्शबीच भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा नेपालको कृषि, पर्यटन, जलविद्युत् लगायत क्षेत्रमा लगानी गर्न आह्वान गरिएको हो ।

दुई देशबीचका निजी क्षेत्रबीचको सम्बन्ध विस्तार गर्नेगरी भएको समझदारीका क्रममा इजरायललाई नेपाल लगानीका लागि राम्रो गन्तव्य भएको जानकारी नेपाल चेम्बरले दिएको थियो । नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले कोभिडको जोखिम कम भएपछि अन्तरदेशीय पर्यटन व्यवसाय वृद्धि गर्न सकिने बताए । नेपालमा सर्वोच्च शिखर सगरमाथा र इजरायलमा सबैभन्दा होचो मृतसागर भएकाले यी दुवै देश एकअर्काका लागि पर्यटकीय गन्तव्य बन्न सक्ने उनको भनाइ थियो । साथै जलविद्युत्मा लगानी गरेर लाभ लिन पनि उनले इजरायललाई सुझाएका थिए । इजरायलले कृषि क्षेत्रमा गरेको प्रविधिको विकासबाट नेपालले पनि फाइदा लिन सक्ने भएकाले सहयोगका लागि समेत उनले आग्रह गरे ।

कार्यक्रममा नेपालका लागि इजरायली राजदूत हनान गोडर गोल्ड बर्गरले साहसिक पर्यटकका लागि नेपाल राम्रो गन्तव्य हुने धारणा राखेका थिए । कार्यक्रममा इजरायल चेम्बर अफ कमर्शका अध्यक्ष अनात वर्नस्टिन राइसले कोभिडपछि आर्थिक सम्बन्ध अगाडि बढाउन प्रतिनिधि आदानप्रदान हुने अपेक्षा व्यक्त गरे ।

नेपाल र इजरायलबीच दुईपक्षीय तथा बहुपक्षीय व्यापार तथा लगानी, व्यापार विस्तार, सूचना आदानप्रदान गर्ने विषयमा दुई देशका चेम्बरबीच समझदारी भएको छ । हालसम्म नेपालले ७० ओटा अन्तरराष्ट्रिय चेम्बर अफ कमर्शसँग समझदारी गरिसकेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्