ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

छलफलै नगरी कृषिमा विदेशी लगानी खुला गरेकोमा निजी

२०७७ पौष, २८  
समाचार
NA

काठमाडौं (अस) । सरकारले कृषिमा विदेशी लगानी खुला गरेकोमा निजीक्षेत्रले असन्तुष्टि व्यक्त गरेको छ । निजीक्षेत्रका तीन ठूला संगठन उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल अफ चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति निकाल्दै सरकारको उक्त निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

पुस दोस्रो साताको बैठकले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन संशोधन गरी कम्तीमा ७५ प्रतिशत वस्तु निकासी गर्ने कम्पनीलाई कृषिमा लगानी गर्न दिने निर्णय गरेको थियो । सरकारले पशुपालन, मत्स्यपालन, फलपूmल, तरकारी, तेलहन, दलहन, दूध लगायत व्यवसायका लागि विदेशी लगानी खुला गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयको कृषि व्यवसायीहरूले विरोध गरिरहेका छन् । निजी क्षेत्रका ठूला तीन संगठनले संयुक्त रूपमा सरकारको उक्त निर्णयको विरोध गर्दैै नीतिनियम, निर्देशिका, कार्यविधि बनाउँदा वा संशोधन गर्दा निजीक्षेत्रसँग अनिवार्य रूपमा छलफल गर्न माग गरेका छन् । विज्ञप्तिमार्फत निजीक्षेत्रले प्रविधि, स्वदेशी कच्चापदार्थको प्रयोग, निर्यात लगायत विषयलाई हेरेर मात्र यस्तो लगानी स्वीकृत गर्नुपर्ने सुझाव दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्