ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल विज्ञापन संघको अध्यक्षमा धिताल र महासचिवमा घिमिरे निर्वाचित

२०७७ पौष, २८  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) को २१औं वार्षिक साधारणसभाले आगामी तीन वर्षको कार्यकालका लागि सोम धितालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको वरिष्ठ उपाध्यक्षमा नारायण श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुदीप थापा, द्वितीय उपाध्यक्षमा विजय पोख्रेल, महासचिवमा कृष्ण घिमिरे चुनिएका छन् ।

त्यस्तै कोषाध्यक्षमा पंकजलाल प्रधान, सह–कोषाध्यक्षमा जीवन पोख्रेल र सचिवमा सन्तोष खड्का निर्वाचित भएका छन् । त्यसैगरी आनको सदस्यमा अरुण स्थापित, कृष्ण लामिछाने, विधान राजभण्डारी, साजन श्रेष्ठ र दिनेश पोख्रेल निर्वाचित भएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले २१औं वार्षिक साधारणसभाको उद्घाटन गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड–१९ ले मुलुकको अर्थतन्त्रलाई खुम्च्याएकाले विज्ञापनको बजार रू. १२ अर्बबाट झरेर ६ अर्बमा सीमित हुन पुगेको धारणा राखे ।

संघका अध्यक्ष रवीन्द्रकुमार रिजालले विज्ञापन ऐन जारी, विज्ञापन बोर्ड गठन र क्लिनफिड शुरुआत गरेकामा सरकारलाई धन्यवाद ज्ञापन गर्दै सञ्चारमाध्यम र विज्ञापन उद्योगलाई सहयोग पुर्‍याएमा राष्ट्रकै हित हुने पक्षलाई विचार पुर्‍याउन सल्लाह दिए ।

संघका पूर्वअध्यक्ष भाष्करराज राजकर्णिकारले कोरानाबाट उत्पन्न परिस्थिति र अन्य कारणले अहिलेको कालखण्ड आमसञ्चारका माध्यममा आर्थिक र सम्पादकीय हिसाबले अत्यन्तै विषम, जटिल र चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिए ।

वरिष्ठ उपाध्यक्ष सोम धितालले विज्ञापन नपाएर धेरै सञ्चारगृह र सञ्चारकर्मी अप्ठ्यारोमा परेकाले समस्या समाधानका लागि सरकारले सबैलाई हातेमालो र एकाकार गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

नेपालको विज्ञापन बजारले वार्षिक रूपमा रू. १२ अर्ब कारोबार गर्दै आएकामा कोरोनाका कारण त्यो खुम्चिएर यो वर्ष ६ अर्बमा सीमित भएको तथा विज्ञापन संघले सरकारलाई वार्षिक २ अर्ब ३५ करोडको हाराहारीमा राजस्व बुझाउँदै आएको बताइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्