काठमाडौं, (अस) । सन्राइज बैंकले तनहुँ, नवलपरासी, सुनसरी, गुल्मीमा ५ वटा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकले तनहुँको व्यास नगरपालिका–१४ केशवटार, नवलपरासीको सुनवल नगरपालिका–७ अस्नैया, सुनसरीको गढी गाउँपालिका–२ भमरीबजारमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।
यस्तै, गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडे र धुर्कोट गाउँपालिका– ७ ड्वानेटा गुल्मीमा २ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकिङ सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानीजस्ता सेवा लिन सक्ने बैंकले जनाएको छ ।
बैंकले काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सेवा सुरु गरेको छ । हाल बैंकले १ सय ३९ शाखा, ६३ वटा शाखारहित बैंकिङ, १२ वटा एक्सटेन्सन काउन्टर र १६१ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।