ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

स्मार्ट च्वाइस–सप्तकोसी डेभलपमेन्ट बैंक सम्झौता

२०७७ पौष, २८  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) र सप्तकोसी डेभलपमेन्ट बैंकबीच भुक्तानी र फस्र्योट क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा स्मार्ट च्वाइस टेक्नोलोजिजका कामु प्रमुख कार्यकारी अधिकृत दीपेश मास्के र सप्तकोसी डेभलपमेन्ट बैंकका सीईओ नवीन सुवेदीले हस्ताक्षर गरे ।

राष्ट्र बैंकको नीति निर्देशनअनुरूप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई कम गर्दै विद्युतीय कारोबारलाई बढावा दिने उद्देश्यसहित स्मार्ट च्वाइस टेक्नोलोजिज क्रियाशील रहँदै आएको छ । दुई संस्थाबीचको सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्ने आशा लिइएको छ । धनकुटामा मुख्य कार्यालय र विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोसी डेभलपमेन्ट बैंकले प्रदेश १ का विभिन्न ७ जिल्लामा आफ्ना शाखा सञ्जालमार्फत सर्वसाधारणलाई विविध बैकिङ सुविधा प्रदान गर्दै आएको छ । स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यबाट सप्तकोसी डेभलपमेन्ट बैंकले ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहज हुनेछ । एससीटी सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, प्वाइन्ट अफ सेल, ई–कमर्सजस्ता सेवा लिन सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्