काठमाडौं (अस) । स्वतन्त्र निर्माण कालिगढ संघको तेस्रो वार्षिक साधारणसभा तथा पहिलो अधिवेशन सम्पन्न भएको छ । जगदम्बा स्टिल्स प्रालिका नेसनल सेल्स म्यानेजर पदम प्रसाईंको प्रमुख आतिथ्यमा शनिबार सभा सम्पन्न भएको हो ।
संघका अध्यक्ष रामशरण बरुवालको सभापतित्वमा सम्पन्न सभामा रिद्धिसिद्धि सिमेन्टका म्यानेजर अनुज महत, आयोजक संघका रामकृष्ण बखुन्छें, सत्यराम सुकुभटु, कृष्णप्रसाद कर्माचार्य, आरजु पाण्डेलगायतले बोलेका थिए । सभाले रामकृष्ण बखुन्छेंको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।