काठमाडौं (अस) । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्रान्ड एम्बासडरमा अभिनेत्री मनीषा कोइराला नियुक्त भएकी छिन् । कोइराला अब आईएमई लाइफ जीबन बीमाको ब्रान्ड दूतको भूमिकामा रहने छिन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल र नायिका कोइरालाले हालै राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गरे । कोइरालाले आईएमई लाइफको ब्रान्ड प्रवद्र्धनको प्रतिनिधित्व गर्नेछिन् । कार्यक्रममा अभिनेत्री कोइरालाले नेपाली नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्न र राष्ट्र निर्माणमा टेवा पु¥याउने अवधारण बोकेको आईएमई लाइफसँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताइन् ।