काठमाडौं (अस) । सनराइज बैंकले ग्राहक सुविधालाई लक्षित गरी काठमाडौंको दरबारमार्गस्थित लन्डन पब र मत्सुरी टोकियो रेस्टुराँसँग ग्राहकलाई छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौतापछि ग्राहकले लन्डन पब र मत्सुरी टोकियो रेस्टुराँमा खाना र पेय पदार्थको भुक्तानी सन्राइज बैंकको क्रेडिट, डेबिट कार्ड र क्यूआरको माध्यमबाट गर्दा १० प्रतिशत छुट पाउनेछन् ।