ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

समृद्धि फाइनान्सको १९ औं वार्षिक साधारण सभा सम्पन्न

२०७७ पौष, २८  
बजार
Image Not Found

काठमाडौं (अस) । समृद्धि फाइनान्सको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मकवानपुरको हेटौंडास्थित होटल सामनामा सम्पन्न साधारणसभामा शेयरधनीहरूले भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए ।

सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत अघिल्लो आवको वार्षिक प्रतिवेदन,  वासलात, नाफा–नोक्सान र नगद प्रवाह विवरणमाथि छलफल गरिनुका साथै आव ०७७/०७८ लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, नयाँ सञ्चालकको नियुक्ति अनुमोदनलगायत एजेन्डामा छलफल भएको संस्थाका अध्यक्ष विनोदकुमार सुवेदीले बताए ।

यस्तै, चुक्ता पुँजीको २ः१ को अनुपातले हकप्रद शेयर जारी गर्ने, फाइनान्सको मुख्य कार्यालय परिवर्तन गरी काठमाडौं– २८ मा रहेको केन्द्रीय कार्यालयमा स्थानान्तरण गर्ने, कम्पनीको मर्जर तथा एक्विजिसनबारे छलफल गर्ने र समझदारीपत्रमा हस्ताक्षर गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि साधारणसभाले पारित गरेको छ  ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्