काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंकले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसँग सम्झौता गरेको छ । सम्झौताअन्तर्गत अस्पतालमा आबद्ध स्थायी चिकित्सक, प्राविधिक तथा कर्मचारीलाई बिनाधितो १५ लाख रुपैयाँसम्मको प्रोफेसनल कर्जा प्रदान गरिनेछ ।
अस्पतालका अध्यक्ष डा. निर्मल लामिछाने उपस्थित कार्यक्रममा गरिएको सहमतिपत्रमा बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले हस्ताक्षर गरे ।
यो बैंकका विभिन्न शाखाबाट उपयोग गर्न सकिने छ । बैंकले मुलुकभर ९२ शाखा, ३१ एटिएममार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।