ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२ बैंकसहित १० ओटा वित्त कम्पनीको साधारणसभा आज 

२०७७ पौष, २८  
लगानी
Image Not Found

पुस २८, काठमाडौं । २ ओटा बैंकसहित विभिन्न १० ओटा वित्तीय संस्थाको साधारण सभा पुस २८ गते मंगलवार हुँदैछ ।

आज लक्ष्मी बैंक लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड, बुटवल पावर कम्पनी लिमिटेड, मेरो माइक्रोफाइनान्स लघुवित्त, गुहेश्वरी मर्चेण्ट  बैंकिङ एण्ड फाइनान्स, साना किसान लुघुवित्त संस्था, वोमी लघुवित्त, ङादी ग्रुप पावर, आरबिबि मर्चेन्ट बैंकिङ्ग र एनएमबि क्यापिटलको साधारणसभा हुने भएको हो । 

वुटवल पावर कम्पनीले रजिष्टर्ड कार्यालय, काठमाडौंमा विहान ११ बजे २८ औं वार्षिक साधारण सभा आयोजना गर्दछ । यो कम्पनीको आज हुँने सभाले आर्थिक वर्ष ०७६/ ०७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

लक्ष्मी बैंकको २०औं वार्षिक साधारणसभा बिहान ११ः३० बजे बैंकको प्रधान कार्यालय, हात्तिसार, काठमाडौंमा हुँदैछ । बैंकको आजको साधारणसभाले आर्थिक वर्ष ०७६/ ०७७ को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । 

त्यस्तै मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको पनि आठौं वार्षिक साधारणसभा होटल वाटर टावर, विदुर–३, नुवाकोटमा विहान ११ बजे हुँदैछ । यो कम्पनीको साधारणसभाले आर्थिक वर्ष ०७६÷०७७ को मुनाफाबाट १६.९४ प्रतिशत बोनस शेयर र ०.८९१६ प्रतिशत नगद लाभांश पारित गर्ने छ । 

आज गुहेश्वरी माईक्रोफाइनान्स लघुबित्तको १९ औं वार्षिक साधारणसभाले आव ०७६/ ०७७ को मुनाफाबाट ८ प्रतिशत बोनस शेयर र ३.४० प्रतिशत नगद लाभांश पारित गर्नेछ । त्यस्तै साना किसान लघुवित्त वित्तीय संस्थाको १९औं वार्षिक साधारणसभाले आव ०७६/ ०७७ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र १.३१५ प्रतिशत नगद लाभांश पारित गर्नेछ । नेपाल एसबिआई बैंकको आज हुने साधारणसभाले आव ०७६/ ०७७ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र ३.४७ प्रतिशत नगद लाभांश पारित गर्ने छ । 

त्यसैगरी वोमी लघुवित्तको आज दिउँसो ३ बजे आयोजना गरिएको नवौं वार्षिक साधारणसभाले आव ०७६/ ०७७ को मुनाफाबाट ३० प्रतिशत बोनस शेयर पारित गर्दैछ । ङादी ग्रुप पावर लिमिटेडको आज हुने सातौं वार्षिक साधारणसभाले आव ०७६/ ०७७ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर, ०.५२६ प्रतिशत नगद लाभांश र ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले दिउँसो ३ बजे आयोजना गरेको सभाले पनि आज आव ०७६/ ०७७ को चुक्तापुँजीको ५ प्रतिशत नगद लाभांश पारित गर्दैछ । त्यसैगरी एनएमबि क्यापिटल लिमिटेडको १०औं वार्षिक साधारणसभाले आव ०७६/ ०७७ को मुनाफाको २१.०५२६ प्रतिशत नगद लाभांश पारित गर्दैछ । क्यापिटलको साधारणसभा दिउँसो ३ बजे बोलाइएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्