ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०७७ पौष, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । पुस २४ गतेदेखि सर्वसाधारणका लागि विक्रीमा आएको चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । 

कम्पनीले छिटोमा पुस २८ र ढिलोमा माघ ९ गतेसम्मको मिति तोकेपनि मागभन्दा १५ गुणा आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द गर्न लागेको हो । 

यस कम्पनीको आईपीओमा विक्री खुला भएको चौथो दिन सोमवार सम्म १० लाख ८५ हजार ६९ जनाले रू. २ अर्ब १४ करोड १३ लाख १५ हजार बराबरको २ करोड १४ लाख १३ हजार १५० कित्ताका लागि आवेदन दिएको सिडिएस एण्ड क्यिरिङ लिमिटेडले जानकारी दिएको छ । जुन मागभन्दा १५ दशमलव ३३ गुणाले बढी हुन आउँछ । 
 

कम्पनीले सार्वजनिक निष्कासनमा सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता शेयर विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आईपीओमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानियका लागि आईपीओ विक्री गरी दोस्रो चरणमा अन्य सर्वसाधारणका लागि विक्री खुला गरेको हो । यस आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्मका आवेदन माग गर्न सकिने व्यवस्था छ ।

आईपीओ विक्रीको छिटो अवधि पुस २८ र ढिलो माघ ९ गतेसम्म तोकिएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र विक्री बन्द हुन लागेको हो । 

कम्पनीको यो आईपीओलाई इक्रा नेपालले मध्यम स्तरको जोखिमको संकेत गर्ने ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ । आईपीओ निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

आवेदकले विक्री प्रबन्धकसँगै सि-आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरोशेयर सफ्टवेयर र मेरोशेयर एप मार्फत आवेदन गर्न सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्