पुस २८, काठमाडौं । प्रिमियर इन्स्योरेन्सले यस वर्ष ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको पुस २७ गतेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७६/ ७७ को आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ७ करोड ४५ लाख ६० हजार छ । निर्जीवन बीमा कम्पनीले पुर्याउनुपर्ने पूँजी कायम गरिसकेको कम्पनीले यस वर्ष नगदमा जोड दिएको हो ।