पुस २८, काठमाडौं । जानकी फाइनान्स कम्पनीले गत आवको वार्षिक साधारण सभा चैत मसान्तसम्ममा गर्ने बताएको छ ।
साथै कम्पनीले बाह्य लेखापरिक्षण कार्यमा प्राविधक कारणले ढिलाई भएकाले पुस मसान्तभित्र सम्पन्न गर्न नसेकेको पनि बताएको छ । सोही कारण कम्पनीले चैत मसान्तसम्ममा साधारण सभा गर्ने जानकारी गराएको हो ।