पुस २८, काठमाडौं । मंगलवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । स्थानिय बजारमा मंगलवार पहेँलो धातु सुनको भाउ रू. ६०० ले उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ८०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू ९२ हजार २०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. ६०० ले बढेको हो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ७०० मा कारोबार भएको थियो ।
यस्तै, मंगलवार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमवार प्रतितोला रू. एक हजार २३० मा कारोबार भएको चाँदी मंगलवार प्रतितोला रू. एक हजार २५० मा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य रू. २० ले बढेको हो ।