पुस २८, काठमाडौं । मंगलवार कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ८ दशमलव ३६ अंकले बढेर २ हजार २४७ दशमलव ७८ विन्दुमा पुगेको छ ।
२ हजार २४३ दशमलव १७ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ३७ प्रतिशतले बढेको हो ।
पहिलो घण्टाको अवधिमा १८७ ओटा कम्पनीको १० हजार २४ पटकको कारोबारमा २१ लाख ५ हजार ४२८ कित्ता शेयरको रू. ९८ करोड २५ लाख ३१ हजार बराबरको खरीदविक्री भएको छ ।
कारोबारको पहिलो घण्टामा आरम्भ चौतारी लघुवित्त, कर्पोरेट डेभलपमेण्ट बैंक, युनाइटेड फाइनान्स, समृद्धि फाइनान्स र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ५९ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।
यस अवधिसम्म प्रिमियर इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ११ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३० मा कारोबार भइरहेको छ ।