ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

२०७७ पौष, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । ज्योति विकास बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस २९ गते बुक क्लोज गरेसँगै आजसम्म शेयर कायम गर्नुपर्ने हुन्छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले उक्त प्रस्ताव पारित गर्नका लागि माघ १४ गते साधारण सभा बोलाएको छ । सभा त्रिभुुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बोलाइएको छ ।

साथै सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चाचलक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । हाल कायम ५४ दशमलव ३५ प्रतिशत संस्थापक हिस्सालाई घटाएर ५१ प्रतिशत कायम रहने गरी बाँकी शेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्