पुस २८, काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीलाई ३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीले ३ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव १८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।