पुस २८, काठमाडौं । नारायणी डेभलपमेण्ट बैंकको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको छ ।
कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस २९ गते बुक क्लोज गरेसँगै आजसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन गर्न सक्नेछन् । माघ १३ गतेदेखि कम्पनीले ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको छ ।
विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले धितोपत्र बोर्डबाट आस्वा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।उक्त हकप्रद शेयरमा फागुन ३ गतेसम्म आवेदन गर्न सकिने छ ।