ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

१०.८० अंकले बढेको बजारमा ५ ओटा कम्पनीको शेयरमूल्य ९% भन्दा धेरैले वृद्धि (१ बजेको अपडेट)

२०७७ पौष, २८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । मंगलवार कारोबार शुरु भएको दोस्रो घण्टामा नेप्से परिसूचक १० दशमलव ८० अंकले बढेर २ हजार २५० दशमलव २२ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ४८ प्रतिशतले बढेको हो ।  

दोस्रो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको रू. २ अर्ब १ करोड ४१ लाख ८० हजार बराबरको खरीदविक्री भएको छ ।

कारोबारको दोस्रो घण्टामा आरम्भ चौतारी लघुवित्त, कर्पोरेट डेभलपमेण्ट बैंक, युनाइटेड फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स र समृद्धि फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ र व्यापार समूहको परिसूचक शून्य दशमलव शून्य ४ र १ दशमलव २७ प्रतिशतले घटेको छ भने बाँकी होटल्स, विकास बैंक जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ ।

यस अवधिसम्म प्रिमियर इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १७ करोड ९२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ४० मा कारोबार भइरहेको छ ।

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा प्रभु बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ४०४ मा रू. १० करोड २९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्