पुस २८, काठमाडौं । मंगलवार कारोबार शुरु भएको तेस्रो घण्टामा नेप्से परिसूचक १७ दशमलव १२ अंकले बढेर २ हजार २५६ दशमलव ५५ विन्दुमा पुगेको छ ।
शून्य दशमलव ७६ प्रतिशतले बढेको बजारमा २०२ ओटा कम्पनीको रू. ३ अर्ब १८ करोड ५७ लाख बराबरको खरीदविक्री भएको छ ।
यस अवधिसम्म प्रिमियर इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २३ करोड ५४ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ४० मा कारोबार भइरहेको छ ।
कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा प्रभु बैंक रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ४०७ मा रू. १२ करोड ६६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये व्यापार समूहको परिसूचक शून्य दशमलव ५६ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, होटल्स, विकास बैंक जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा र म्युचुअल फण्ड समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।