पुस २८, काठमाडौं । कुमारी बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा मंगलवार सूचीकृत भएको छ ।
कम्पनीको १ करोड ३५ लाख ८४ हजार २५३ दशमलव ६७ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो डिम्याट खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।