पुस २८, नयाँदिल्ली। भारतको सर्वोच्च अदालतले सरकारले ल्याएको कृषिसम्बन्धी नयाँ तीन ओटा कानून कार्यान्वयनमा रोक लगाएको छ ।
मंगलवार कृषिसम्बन्धी कानूनको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतले तत्कालका लागि यो कानूनमा रोक लगाउने आदेश जारी गरेको हो ।
भारतमा झण्डै ५० दिनदेखि किसानहरुले यो कानूनको विरोधमा प्रदर्शन गर्दै आएका थिए । उनीहरुले कृषि कानून खारेज हुनुपर्ने माग गर्दै आएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले भने कृषि कानून किसानहरुको हितलाई ध्यानमा राख्दै ल्याइएको बताउँदै आएको छ ।
किसानहरुले भने यो कानूनले आफूहरुले यसअघि पाउँदै आएको सुविधा पनि गुम्ने र पूँजीपति वर्गलाई मात्र कृषि कानूनले फाइदा पुग्ने भन्दै धर्ना तथा विरोध प्रर्दशन गर्दैआएका छन् । एजेन्सीहरुको सहयोगमा