ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२८.३१ अंक बढेको बजारमा कारोबार रकम ५ अर्ब मुनि, प्रिमियर इन्स्योरेन्सको सर्वाधिक कारोबार

२०७७ पौष, २८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । नेप्से परिसूचक मंगलवार २८ दशमलव ३१ अंक बढेर २ हजार २६७ दशमलव ७३ विन्दुमा पुगेको छ । यस दिन २ हजार २४३ दशमलव १७ विन्दुदेखि खुला भएको बजार २ हजार २३३ विन्दुसम्म झरेको थियो । 

नेप्से परिसूचक सँगै यो दिन अघिल्लो कारोबार दिनको तुलनामा सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ८९ अंक बढेर ४३३ दशमलव २८ विन्दुमा पुगेको छ । यस दिन २०२  ओटा कम्पनीको ४५ हजार ५६९ पटकको व्यापारमा रू. ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार बराबरको १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर कारोबार भएको छ । 

अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक उकालो लागेपनि कारोबार रकम भने ओरालो लागेको छ । सोमवार रू. ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार बराबरको शेयर कारोबार भएको थियो । 

मंगलवार कुल कारोबारमा सर्वाधिक हिस्सा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले ओगटेको छ ।  उक्त कम्पनीको रू. २९ करोड ६ लाख ३४ हजार बराबरको शेयर कारोबार भएको हो । गत आर्थिक वर्षको मुनाफाबाट ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश प्रस्ताव मंगलवार सार्वजनिक गरेको उक्त कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको हो । 

हालसम्मकै न्यून लाभांशका कारण लगानीकर्ताहरुको मनोबलमा गिरावट आउँदा कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता रू. २५ ले घटेर अन्तिम मूल्य रू. १ हजार ६५ मा झरेको छ । यस अघि ८४ प्रतिशतसम्म लाभांश दिएको कम्पनीले यस वर्ष हालसम्मकै न्यून लाभांश प्रस्ताव गरेको हो ।

गत वर्ष पनि कम्पनीले लगानीकर्ताहरुको हात खाली बनाएको थियो । दुई वर्षपछिको लाभांश पनि हालसम्मकै न्यून हुदाँ मंगलवार विक्री चाप बढेसँगै कम्पनीको शेयरमूल्य पनि घटेको हो ।यो दिन आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले बढेको छ । यस दिन उक्त कम्पनीको शेयर प्रतिकित्ता रू. ७५ ले मूल्य बढेर अन्तिम मूल्य रू. ८२५ कायम भएको छ । उक्त कम्पनीसँगै मंगलवार अन्य ७ ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

यो दिन आरम्भ चौतारी लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, कर्पोरेट डेभलपमेण्ट बैंकको ९ दशमलव ९३ प्रतिशत, युनाइटेड फाइनान्सको ९ दशमलव ९० प्रतिशत, अपर तामाकोशीको ९ दशमलव ८९ प्रतिशत, प्रभु लाइफको ९ दशमलव ७८ प्रतिशत, समृद्धि फाइनान्सको ९ दशमलव ७० प्रतिशत र गोर्खाज फाइनान्सको ९ दशमलव शून्य ५ प्रतिशतले शेयरमूल्य बढेको हो ।

मंगलवारको बजारमा जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन कारोबारमा आएका १२ ओटा समूहमध्ये जलविद्युत् समूहको परिसूचक सर्वाधिक ३ दशमलव ६ प्रतिशत बढेको हो ।

त्यस्तै यो दिन जीवन बीमाको २ दशमलव ६७ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ६६ प्रतिशत, वित्तको २ दशमलव ५ प्रतिशत, लघुवित्तको १ दशमलव ५३ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ८७ प्रतिशत, बैंकिङकको शून्य दशमलव ८४ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८३ प्रतिशत, होटलको शून्य दशमलव ५२ प्रतिशत, अन्यको शून्य दशमलव ३७ प्रतिशत र उत्पादन तथा प्रशोधनको शून्य दशमलव १२ प्रतिशत परिसूचक बढेको छ । यस दिन व्यापारिक समूहको परिसूचक भने शून्य दशमलव ६१ प्रतिशत घटेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्