पुस २८, काठमाडौं । नेप्सेमा सिभिल लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ । लाभांश घोषणा सम्बन्धी सूचना ढिला नेप्सेमा पठाएको भन्दै कारोबार रोक्का राखी स्पष्टिकरण मागेको हो । कम्पनीले पुस २७ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीले भने पुस २८ गते दिउँसो ११ः५० मा लाभांश सम्बन्धी सूचना उपलब्ध गराएको थियो । धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी निर्णयहरु भएको सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
सोही कारण नेप्सेले कम्पनीलाई ३ दिनभित्र स्पष्टिकरण पेश गर्न भनेको हो । कम्पनीले ३ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव १८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।