पुस २८, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यालय ललितपुर महानगरपालिका वडा नम्बर–१५ खुमलटारमा सरेको छ ।
बोर्डले मंगलवार सूचना जारी गरी हाल ललितपुर महानगरपालिका वडा नं–५ जावलाखेल स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको परिसरमा रहेको कार्यालय खुमलटार स्थित श्री एक्जोटिक ओरिएन्टल क्राफ्टस प्रालिको भवनमा सरेको जानकारी गराएको हो ।
माघ १ गतेदेखि बोर्डको सम्पूर्ण काम कारबाही खुमलटार स्थित कार्यालयबाटै हुने समेत बोर्डले प्रष्ट पारेको छ ।