ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

लक्ष्मी बैंकको २०औं साधारण सभा सम्पन्न, ११.५ प्रतिशत लाभांश पारित

२०७७ पौष, २८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २८, काठमाडौं । लक्ष्मी बैंकले २०औं साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले सभा आज (मंगलवार) बैंकको प्रधान कार्यालय हात्तिसारमा सम्पन्न गरेको हो । 

सभाले ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । ९ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश गरेर कुल ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

९ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ६९ करोड पुगेको छ । साथै सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित समेत गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्